
May 15 2025 | २०८२, जेठ १ गते
काठमाडौँ । अर्थमन्त्री प्रकाशशरण महतले आज बजेटमाथिको छलफलमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै छन् । आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्ने भएको छ ।
बैठकमा अर्थमन्त्री महतले सांसदहरू आगामी आर्थिक वर्षकाे बजेटबारे उठाएको प्रश्न र जिज्ञासाको जवाफ दिने कार्यसूची छ । गत जेठ १५ गते अर्थमन्त्री महतले १७ खर्ब ५१ अर्बको बजेट प्रस्तुत गरेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' भारत भ्रमणबाट फर्किएपछि संसदमा बजेटमाथि छलफल सुरू भएको थियो ।
सत्तापक्ष दलकै सांसदहरूले छलफलका क्रममा बजेटमाथि प्रश्न उठाएका छन् । बजेटमाथि नेपाली कांग्रेसका सांसद गगन थापा, प्रदीप पौडेल, एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका माधवकुमार नेपाल लगायतले प्रश्न उठाएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij