
May 15 2025 | २०८२, जेठ १ गते
काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्रीले आजदेखि सर्वसाधारणको लागि प्राथमिक साधारण सेयर (आईपीओ)को बिक्री खुल्ला गरेको छ ।
यो सेयरको प्रतिकित्ता प्रिमियम मूल्य ४३५ रुपैयाँ कायम गरिएको छ । जम्मा ६९ लाख ११ हजार ६७० कित्ता सेयर सर्वसाधारणले आगामी असार ४ गते सम्ममा खरिद गर्न सक्नेछन् ।
निर्धारित समयभित्र सेयर बिक्री नभएमा असार १४ गतेसम्म यसको सेयर खरिद गर्न सकिनेछ । सेयर खरिदका लागी न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । यसको सेयर निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेका छन् ।
इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सी-आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij