Logo

May 15 2025 | २०८२, जेठ १ गते

May 15 2025 | २०८२, जेठ १ गते

कर्जाको व्याजदर घट्यो

कर्जाको व्याजदर घट्यो

  • काठमाडौं । बैंकहरूले कर्जाको व्याजदर घटाएका छन् । बैंकहरूको आधारदर ०.२ देखि ०.५ प्रतिशतसम्म घटेको छ । आधारदर घटेसँगै ऋणको व्याजदर पनि सोही अनुपातमा घटेको एभरेष्ट बैंकका सीईओ सुदेश खालिङले नेपाल प्रेसलाई बताए ।

    images
    images
    images

    खालिङले स्प्रेडदर (कर्जा र निक्षेपको ब्याजदरबीचको अन्तर) पनि असारमा ४ प्रतिशतमा ल्याइसक्नुपर्ने भएकाले कतिपय बैंकहरूले बेसरेटभन्दा केही कममा पनि ऋण प्रवाह गर्नसक्ने बताए । यद्यपि त्यसमा प्रिमियम भने जोडिन्छ ।

    राष्ट्र बैंकको तथ्यांकअनुसार चैतमा १२.८४ प्रतिशत रहेको कर्जाको औसत ब्याजदर वैशाखमा १२.६५ प्रतिशत थियो । जेठमा १२.४५ प्रतिशतमा झरेको छ । योसँगै ऋणको व्याजदर पनि यही अनुपातमा घटेको हो ।

    यसअघि निक्षेपको व्याजदर घटाएका बैंकहरूले कर्जाको ब्याजदर चलाउन पाएका थिएनन् । पछिल्लो पटक राष्ट्र बैंकले कर्जाको ब्याजदर परिवर्तन एक महिनामै गर्नसक्ने व्यवस्था गरेको छ ।

    यसअघि ३ महिना कुर्नुपर्थ्यो । निक्षेपको भने मासिकरूपमै परिवर्तन गर्न सकिने व्यवस्था छ । असारमा भने निक्षेपको व्याजदर यथावत् राखिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij