
May 30 2025 | २०८२, जेठ १६ गते
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई समतामूलक समाज निर्माण अभियान र विश्व हिन्दु महासंघले ज्ञापन पत्र बुझाएका छन् । सर्लाहीको मलङ्गवामा मूर्ति सेलाउने क्रममा भएको झडपमा घाइते भएकाहरूको उपचार र दोषीलाई कारबाहीको विषयमा ध्यानाकर्षण गराउँदै उनीहरुले ज्ञापनपत्र बुझाएको हो । उक्त झडपमा सर्लाही रुपेश यादवमाथि छुरा प्रहार भएको थियो ।
घाइते भएका रुपेश यादवको पर्साको बयोधा अस्पतालमा उपचार भइरहेको छ । महाअभियानका संयोजक विजय प्रकाश निषादका अनुसार सरकारले उनको उपचार निशुल्क गर्नुपर्ने र घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने लगायतका माग राखेर गृहमन्त्री श्रेष्ठलाई ज्ञापन बुझाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij