
May 30 2025 | २०८२, जेठ १६ गते
काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)को एघारौँ महाधिवेशनमा आईसीसी सचिवका लागि मनोज कुमार श्रेष्ठ (गोर्खाली)ले उम्मेदवारी घोषणा गरेका छन् । श्रेष्ठ एनआरएनए एनसीसी युएईको उपाध्यक्ष, आईसीसी सदस्य र मध्यपूर्व उपसंयोजकसमेत भइसकेका छन् । लामो समयेखि दुबईमा व्यवसाय गर्दै आएका श्रेष्ठ सन् २००७ देखि एनआरएनएको विभिन्न तहमा रहेर सामाजिक कार्य गर्दै आएका छन् ।
त्यस्तै उनले मध्यपूर्वका राष्ट्रलाई आफ्नो कार्यक्षेत्र बनाएर काम गरेका छन् । श्रेष्ठ विपत्मा परेका नेपालीको उद्धार तथा सहयोगका लागि अग्रस्थानमा छन् । उनले कोभिड-१९ को महामारीमा पनि कालमा नेपालमा अक्सिजन सिलिन्डर पठाउने अभियानमा समेत सक्रिय भूमिका निभाएका थिए । आठौं र नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा श्रेष्ठले एनआरएनएको तर्फबाट नेतृत्व समेत गरेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij