
May 11 2025 | २०८२, वैशाख २८ गते
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यले रेकर्ड ब्रेक गरेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ५ सय रुपैयाँ पुगेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
त्यस्तै तेजाबी सुनको मुल्य प्रतितोला १ लाख १४ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो छापावाला सुनको मूल्य प्रतितोला १ लाख १३ हजार ७ सय रुपैयाँमा र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १३ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
यता, चाँदी पनि ५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij