
May 25 2025 | २०८२, जेठ ११ गते
काठमाडौं । नापी कार्यालय भद्रपुर झापामा कार्यरत सर्वेक्षक देवनारायण ठाकुरसहित तीन जनाविरुद्ध एक लाख २५ हजार रुपियाँ भ्रष्टाचारको मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयका प्रवक्ता भोला दाहालका अनुसार उनीहरुले ७० हजार रुपियाँ र ५५ हजार रुपियाँको चेकसहित घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।
अनुसन्धानको क्रममा सर्वेक्षक ठाकुरसहित सुवाषचन्द्र यादव र बिचौलिया यादवले आपसी मिलेमतो र योजनामा जग्गा कित्ताकाट गरी बाटो प्रमाणित गर्न गराउनको लागि सेवाग्राहीसँग सो रकम भ्रष्टाचार गरेको आरोप लागेको आयोगले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij