
May 25 2025 | २०८२, जेठ ११ गते
काठमाडौं । कोटेश्वरबाट प्रहरीले अवैध सुन, ठूलो परिमाणको चाँदी र नगद रकमसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरी प्रभाग कोटेश्वरका प्रमुख प्रहरी निरीक्षक यज्ञराज भट्टको नेतृत्वमा खटिएको टोलीले चेकजाँचका क्रममा कोटेश्वरमा बसोबास गर्दै आएका २७ वर्षीय योगेशलाई पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धानका लागि उनलाई थुनामा राखिएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी अपील राज बोहराले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij