
Jul 27 2025 | २०८२, साउन ११ गते
काठमाडौं । नेपाल प्रहरीले गत आर्थिक वर्ष २०८०/८१ मा विनियोजित बजेटको ९६.४५ प्रतिशत खर्च गरेको छ । आइतबार प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) विनोद घिमिरेले बजेट खर्चसम्बन्धी विवरण सार्वजनिक गरेका हुन् ।
उनका अनुसार सो वर्ष नेपाल प्रहरीलाई ५८ अर्ब ४० करोड ८८ लाख १४ हजार रुपैयाँ बजेट विनियोजन गरिएको थियो । सोमध्ये ५६ अर्ब ३३ करोड २९ लाख ४७ हजार रुपैयाँ खर्च गरिएको छ । यस्तै, २ अर्ब ७ करोड ५५ लाख ९२ हजार ४२० रुपैयाँ खर्च हुन सकेन ।
प्रवक्ता घिमिरेले चालु आर्थिक वर्ष २०८१/८२ मा नेपाल प्रहरीलाई ६० अर्ब ९५ करोड १३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए ।
उनले विनियोजित बजेटको प्रभावकारी उपयोगका लागि प्रहरी संगठनले योजना अनुसारका कार्यलाई प्राथमिकतामा राखेर कार्यान्वयन गर्ने समेत बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij