
May 25 2025 | २०८२, जेठ ११ गते
काठमाडौँ । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै दुई किलो कोकिनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको मिजोरोम राज्यकी करिब ३२ वर्षीया नागरिक किमरो साँगी रहेकी छन् । कतारको दोहाबाट काठमाडौं आएको जहाजकी साँगीको साथबाट कोकिन बरामद गरिएको प्रहरीले जनाएको छ ।
सोमबार बिहान प्रहरीको लागुऔषध अनुसन्धान ब्युरोको टोलीले उनलाई विमानस्थलबाट नियन्त्रणमा लिएको हो । उनको साथबाट प्रहरीले एक किलो नौ सय ७३ ग्राम कोकिन बरामद गरेको छ । काठमाडौं आएकी उनी भुटान जाने तयारीमा थिइन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij