
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौं । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा अब अनलाइनबाटै नाम दर्ता गर्न सकिने भएको छ । स्वास्थ्य उपचारको सेवा लिँदा अनलाइनबाटै नाम दर्ता गर्न सकिने भएको हो ।
सेवाग्राहीको चाप बढेपछि अस्पतालले अनलाइनबाट नाम दर्ता सेवाको सुरुवात गरेको हो । अनलाइन सेवा लिनका लागि अस्पतालको वेबसाइटमा दिइएको निर्देशन बमोजिम विवरण भर्नुपर्नेछ ।
अनलाईनमार्फत नाम दर्ताको टिकट बिहान ८ बजेदेखि १२ बजेसम्म सेवाग्राहीले लिन सक्नेछन् । अनलाइनबाट नाम दर्ता गरेका सेवाग्राहीका लागि अस्पतालको नाम दर्ता काउन्टर अर्थात् कोठा नम्बर १ बाट लिन सकिने व्यवस्था मिलाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij