Logo

May 23 2025 | २०८२, जेठ ९ गते

May 23 2025 | २०८२, जेठ ९ गते

मंगलबजारमा दिउँसै चोरी

मंगलबजारमा दिउँसै चोरी

  • काठमाडौं । मंगलबजारमा दिउँसै चोरी गर्ने चार जना पक्राउ परेका छन् । झापा घर भई लगनखेल बस्ने २० वर्षीय सन्देश नेपाली, कास्की घर भई  क्षेत्रपाटी बस्ने २६ वर्षीय अनिश पौडेल, नुवाकोट घर भई क्षेत्रपाटी बस्ने ४१ वर्षीय ज्ञानबहादुर विश्वकर्मा र काठमाडौंको महाराजगन्ञ बस्ने ३० वर्षीय राजकुमार विश्वकर्मालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ पक्राउ गरेको हो ।

    images
    images
    images

    उनीहरूको साथबाट १ लाख ३४ हजार ३ सय नगद र ४ तोला ३८ लाल सुन बरामद गरिएको छ । उनीहरूले गत पुस २० गते ललितपुरको मंगलबजारस्थित रामबहादुर नेपालीको घरमा दिउँसै चोरी गरेका थिए ।

    images

    उनको घरबाट करिब ४ तोला ८० लाल सुन चोरी भएको थियो । पक्राउ परेका उनीहरूलाई थप कारबाहीको लागि प्रहरी परिसर ललितपुर पठाइएको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij