
May 23 2025 | २०८२, जेठ ९ गते
काठमाडौं । प्याङगाउँबाट अवैध लागूऔषध गाँजासहित एक युवक पक्राउ परेका छन । ललितपुरको गोदावरी नगरपालिका-१० प्याङगाउँबाट अवैध लागूऔषध गाँजा १ किलो ३ सय ग्रामसहित कोन्ज्योसोम गाउँपालिका-५ भारदेउ बस्ने २८ वर्षीय राम तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको जानकारी दिएको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij