
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौं । शिक्षण अस्पतालले बिरामीको परीक्षण भइरहेको समयमा औषधिलगायतका सामानको प्रचार नगर्न आग्रह गरेको छ । अस्पतालले बिहीबार सूचना निकाल्दै ओपिडी वार्ड तथा ओटीलगायतका स्थानमा एमआरहरु जाने र औषधिलगायतका सामानको प्रचारप्रसार नगर्न आग्रह गरेको हो ।
विभिन्न कम्पनीका मानिसहरु आई सामान बेच्ने ?, ल्याब टेस्टका लागि रगत सङ्कलन गरी प्राइभेट ल्याबमा लगेर जथाभावी पैसा असुल गर्ने जस्ता क्रियाकलाप गरी उपचार कार्यमा नै बाधा पुर्याएको भनी जनगुनासो आएका कारण अस्पतालले यस्तो आग्रह गरेको हो ।
बिरामीको उपचार कार्यमा बाधा पुग्ने गरी यस्तो क्रियाकलाप गरेमा जो कोहीलाई नियमानुसार कारवाही गर्ने अस्पतालले सूचनामा उल्लेख गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij