Logo

May 12 2025 | २०८२, वैशाख २९ गते

May 12 2025 | २०८२, वैशाख २९ गते

अवैध सामानसहित दुईजना पक्राउ

अवैध सामानसहित दुईजना पक्राउ

  • काठमाडौं । एकै दिन दुई लाख १० हजार मूल्यबराबरको अवैध सामान प्रहरीले बरामद गरेको छ । नेपालगन्ज उपमहानगरपालिका-१५ र १६ बाट दुई लाख १० हजार मूल्य पर्ने अवैध सामान बरामद गरिएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए ।

    images
    images
    images

    भारतबाट अवैध रूपमा सामान ल्याइरहेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा फेला पारेको उनले बताए । सामानसहित दुईजनालाई समेत नियन्त्रणमा लिएर कारबाही अगाडि बढाइएको बाँके प्रहरीले जनाएको छ ।

    डिएसपी डाँगीका अनुसार प्रहरीले लेडिज सुट, टायल, कार्पेट, कस्मेटिक सामान बरामद गरेको छ । अवैध सामान ओसार्न प्रयोग भएको मोटरसाइकलसमेत बरामद गरी आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको उनले बताए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij