Logo

May 21 2025 | २०८२, जेठ ७ गते

May 21 2025 | २०८२, जेठ ७ गते

नगर प्रहरीमाथि हातपात गरेको आरोपमा चार फुटपाथ व्यापारी पक्राउ

नगर प्रहरीमाथि हातपात गरेको आरोपमा चार फुटपाथ व्यापारी पक्राउ

  • काठमाडौं । काभ्रेमा नगर प्रहरीमाथि हातपात गरेको आरोपमा चार जना फुटपाथ व्यापारी पक्राउ परेका छन् ।

    images
    images
    images

    पक्राउ पर्नेमा नमोबुद्ध नगरपालिका-१ घर भएका २६ वर्षीय कृष्ण मानन्धर, सोही ठाउँकी ५० वर्षीया राममाया मानन्धर, ४० वर्षीया रोजिना मानन्धर र बनेपा-७ की ४० वर्षीया खड्गमाया श्रेष्ठ छन् ।

    images

    गत मंगलबार बनेपा नगरपालिका-७ स्थित चारदोबाटो चोक नजिक अरनिको राजमार्गमा नगर प्रहरीमाथि उनीहरुले हातपात गरेको पाइएको डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।

    images

    बनेपा नगरपालिकाको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुलाई हिरासतमा राखेर थप कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij