
May 21 2025 | २०८२, जेठ ७ गते
काठमाडौं । ब्राजिल यतिबेला प्राकृतिक प्रकोपको चपेटामा आएको छ । ब्राजिलको दक्षिणमा अवस्थित रियो ग्रान्डे डो सुल राज्यमा एक साताभन्दा बढी समयदेखि परेको मुसलधारे वर्षाका कारण बाढी आएको छ ।
बाढीका कारण करिब एक सय जनाको मृत्यु भएको छ । बाढीबाट साढे १४ लाख मानिस प्रभावित भएका छन् । दुई लाख मानिस विस्थापित भएका छन् ।
ब्राजिलको सिभिल डिफेन्स एजेन्सीको तथ्याङ्क अनुसार बाढी र वर्षाका कारण हालसम्म ९९ हजार ८ सय घर आंशिक वा पूर्ण रूपमा ध्वस्त भएका छन् ।
सञ्चारमाध्यमका अनुसार १३० जनाभन्दा धेरै अझै बेपत्ता छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij