Logo

May 22 2025 | २०८२, जेठ ८ गते

May 22 2025 | २०८२, जेठ ८ गते

त्रिपालमुनि अनिदोमै रात कटाउँदै आगलागीपीडित परिवार

त्रिपालमुनि अनिदोमै रात कटाउँदै आगलागीपीडित परिवार

  • काठमाडौं  । ग्यास चुहावट भएर घरमा आगलागी भई बिचल्लीमा परेका शुक्लाफाँटा नगरपालिका–७ जुडाका जयदेव ठगुन्नाको परिवार एक सातादेखि त्रिपालमुनि अनिदोमै रात कटाउन बाध्य भएको  छ ।

    images
    images
    images

    दिउँसो तातो हावासँगै चल्ने ‘लु’ र साँझका बेला आउने हावाहुरीले त्रिपालमुनि बस्न ठगुन्ना परिवारलाई सकस छ । “हावाहुरी आउने क्रमजारी छ”, जयभानकी श्रीमती ममता ठगुन्नाले भने, “हावाहुरीसँगै पानी पर्ला जस्तो पनि छ, त्रिपाल हावाहुरीले उडाउला भन्ने चिन्ता छ,

    images

    भएको सबै सम्पत्ति आगलागीमै गुम्यो, बालबालिकालाई जोगाउनकै लागि रात अनिदोमै काटिने गरेको छ ।”  नेपाल रेडक्रस उपशाखा झलारीले उपलब्ध गराएको त्रिपालमुनि एक सातादेखि ठगुन्ना परिवार बस्दै आएको छ । 

    images

     नगरपालिकाका निवर्तमान नगर प्रमुख दिलबहादुर ऐर आगलगाीबाट पीडित भएका परिवारलाई सबैको सहयोगको खाँचो रहेको बताउँछन् । “आगलागीबाट आपत्मा परेको परिवारलाई पुनःस्थापन गराउनका लागि सहयोग गरौँ”, उनले भने, “नजिकको सरकार भनेकै नगरपालिका हो, जिम्मेवार बनेर विपत्मा परेका परिवारलाई सहयोग गर्नुपर्छ ।”  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij