Logo

May 21 2025 | २०८२, जेठ ७ गते

May 21 2025 | २०८२, जेठ ७ गते

बालविवाह न्यूनीकरण सम्बन्धी अभिमुखीकरण

बालविवाह न्यूनीकरण सम्बन्धी अभिमुखीकरण

  • काठमाडौं ।  सुनसरीको इनरुवा नगरपालिकामा बालविवाह न्यूनीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

    images
    images
    images

    इनरुवा नगरपालिका कार्यपालिकाको आयोजनामा इनरुवा ६ को जनता माध्यमिक विद्यालय र इनरुवा ७ को चान्दबेलास्थित नेपाल राष्ट्रिय हरि माविका विद्यार्थी तथा शिक्षकहरूका लागि अभिमुखीकरण कार्यक्रम गरिएको हो ।  

    images

    आगामी २०८३ सम्ममा नगरलाई बालमैत्री र बालविवाह मुक्त नगर बनाउने उद्देश्यका साथ विद्यालय र बालकालिकाहरुलाई लक्षित गरेर अभिमुखीकरण कार्यक्रम गरेको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज निरौलाले जानकारी दिनुभयो ।

    images

    बाल विवाह भनेको के हो ?, बाल विवाह सम्बन्धी कानुनी व्यवस्था, बाल विवाह गर्दा कस्तो असर पर्छ ?, यसको न्यूनीकरणका लागि विद्यार्थी, अभिभावक तथा शिक्षकको भूमिका कस्तो हुन्छ ? भन्ने विषयमा प्रशिक्षक जयकृष्ण यादवले प्रशिक्षण दिनुभएको थियो ।

    पछिल्लो समयमा उमेर नपुग्दै युवायुवतीहरूले भागेर विवाह गर्ने चलन बढ्दो छ । यता बालविवाह न्यूनीकरणको लागि पहल प्रयास जारी रहेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा इनरुवाले जनाएको जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij