Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

पत्रकारलाई योग र आयुर्वेद सेवाको प्रगति विवरण पेश

पत्रकारलाई योग र आयुर्वेद सेवाको प्रगति विवरण पेश

  • पार्वती साउद

    images
    images
    images

    काठमाडौं । आयुर्वेद सेवाको प्रवर्धन गर्न स्थानीय पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा सम्पन्न भएको हो ।

    बागमती प्रदेश सरकार स्वास्थ्य निर्देशनालय आयुर्वेद तथा वैकल्पिक चिकित्सालय ललितपुरको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

    आर्थिक वर्ष २०८०/८१ को जेठ महिनासम्मको तथ्यांकअनुसार ओपिडीमा ७५१३ जना महिला, ५५०४ जना पुरुष, पूर्वकर्म/ पंचकर्ममा २२३८ महिला तथा १६७७ जना पुरुषले सेवा लिएको केन्द्रकी प्रमुख डा.सृष्टि श्रेष्ठले जानकारी दिइन् ।

    No description available.

    त्यस्तै, अकुपञ्चर ९८५ महिला, ८६७ जना पुरुष, ल्याब १५४१ महिला र ११२५ जना पुरुष, योगमा ७९१ जना महिला र ६१ जना पुरुषले सेवा लिएको उनले बताइन् । २६९ स्तनपायी आमाहरुको लागि दुग्धवर्धक आयुर्वेद औषधि वितरण गरेको उनले जानकारी दिइन् यसका साथै जेष्ठ नागरिक स्वास्थ्य प्रवर्धन कार्यक्रममा १३५९ महिला र ११२७ जना पुरुषले सेवा लिएको उनले बताइन् ।

    जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुरले मुख्यमन्त्री जनता कार्यक्रम, महिला स्वास्थ्य स्वयंसेविकालाई आयुर्वेद सम्बन्धी सचेतना कार्यक्रम, स्वस्थ्य जीवन प्रवर्धन कार्यक्रम, जिल्लास्थित राष्ट्रसेवक कर्मचारीहरुलाई तनाव व्यवस्थापन तथा पूर्वकर्म सेवा लगायत कार्यक्रम सञ्चालन गरेको डा.सृष्टि श्रेष्ठले बताइन् ।

    No description available.

    कार्यक्रममा केन्द्रकी वरिष्ठ वैद्य तथा योग प्रशिक्षक जानुका भट्टराईले पत्रकारहरुलाई योग गर्ने तरिका सिकाइन् । हरेक बुधबार नियमित रुपमा पथ्यआहार आयोजना हुने गरेको उनले बताइन् ।

    कार्यक्रममा स्थानीय पत्रकारहरुको सहभागी थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij