Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

हैजाका बिरामी ललितपुरमा बढी

हैजाका बिरामी ललितपुरमा बढी

  •  
    ललितपुर। स्वास्थ्य सेवा विभाग टेकुले ललितपुरमा मात्रै ३८ जना सङ्क्रमित रहेको जानकारी दिएको छ । विभागका अनुसार देशभर ५० जनामा हैजा सङ्क्रमण भएको र त्योमध्ये काठमाडौँमा दुई, प्युठानमा दुई, कैलालीमा आठ जनामा हैजा सङ्क्रमण भएको छ ।
     
    आइतबार ललितपुरको महालक्ष्मी नगरपालिकामा सरोकारवालासँग बैठक बसी सबै सरोकारवालामार्फत प्रतिकार्य प्रभावकारी बनाउने निर्णय भएको महाशाखाको भनाइ छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण माहाशाखाका अनुसार झाडापखाला तथा हैजाका बिरामीको एक सय ४४ सरकारी तथा निजी अस्पतालबाट निगमित रूपमा निगरानी भइरहेको छ ।
     
    एउटै टोलबाट एक हप्ताभित्रमा पाँच जनाभन्दा झाडापखलाका बिरामी देखापरेमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण माहाशाखाको टोल फ्री हटलाइन नम्बर १११५ मा सम्पर्कगरी जानकारी गराउने सकिने विभागले उल्लेख गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij