Logo

May 03 2025 | २०८२, वैशाख २० गते

May 03 2025 | २०८२, वैशाख २० गते

एशियन कंक्रिटो लिमिटेडको आइपीओ आउँदै 

एशियन कंक्रिटो लिमिटेडको आइपीओ आउँदै 

  • काठमाडौं। एशियन कंक्रिटो लिमिटेडले आइपीओ जारी गर्ने भएको छ। आइपीओ जारी गर्नका लागि कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ। आइपीओ निष्कासनका लागि दुई पक्षबिच सम्झौता भएको छ।

    images
    images
    images

    जसमा एशियन कंक्रिटोका अध्यक्ष तथा प्रबन्ध निर्देशक मनिष रुङ्गटा र नबिल इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् । कम्पनीले जारी पुँजीको २० प्रतिशतले हुन आउने ९ करोड ३७ लाख ५० हजार रुपैयाँ बराबरको ९ लाख ३७ हजार ५ सय कित्ता आइपीओ निष्कासन गर्ने जनाएको छ।

    कम्पनीले १०० रुपैयाँ अंकित ओइपीओ जारी गर्न लागेको हो। कम्पनीको जारी पुँजी ४६ करोड ८७ लाख ५० हजार रुपैयाँ रहेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij