Logo

Jul 17 2025 | २०८२, साउन १ गते

Jul 17 2025 | २०८२, साउन १ गते

नक्कली सर्टिफिकेटको मुद्दामा प्रअ शर्माले पाए सफाइ

नक्कली सर्टिफिकेटको मुद्दामा प्रअ शर्माले पाए सफाइ

  • काठमाडौं । खैरहनी माध्यमिक बिद्यालयका प्रधानाध्यापक गोपालप्रसाद शर्माले विशेष अदालतले नक्कली प्रमाणपत्रको मुद्दामा सफाइ पाएका छन् ।

    images
    images
    images

    गत आइतबार विशेषले प्रधानाध्यापक विरुद्ध दायर मुद्दामा सफाइको फैसला गरेको हो । विशेषका सदस्यहरू तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले यस्तो फैसला गरेको हो । गत बैशाख ३१ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानाध्यापक शर्माउपर मुद्दा दायर गरेको थियो ।

    images

    शर्माले भारतको उत्तर प्रदेशबाट प्रवीणता प्रमाणपत्र तह (आइएस्सी)को शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र ल्याएको अख्तियारको दावि थियो तर बिशेष अदालतमा भने नक्कली प्रमाणपत्र पेश गर्न नसकेपछि शर्माले सफाई पाएका हुन् ।

    उजुरी पछि अख्तियार शर्माको शैक्षिक प्रमाण–पत्रको सत्यापनको लागि भारत स्थित युपिबोर्डको क्षेत्रीय कार्यलय मेरठ जानु पर्नेमा क्षेत्रीय कार्यलय बरेली गएरको त्यहाँको कार्यलयबाट कुनै अभिलेख नभेटिएको आधारमा मुद्दा दायर गरेको थियो ।

    शर्मा चितवनको खैरहनी नगरपालिका–६ स्थित खैरहनी मावि द्वितीय तहको शिक्षकका रुपमा २०८० बैशाख देखि प्रधानाध्यापक भएर कार्यरत छन् । बिशेष अदालतको गत असार २९ गते पछिको फैसलासँगै शर्मा पुनः खैरहनी माविको प्रधानाध्यापक पदमा पुर्नबाहली भएका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij