
May 03 2025 | २०८२, वैशाख २० गते
काठमाडौं। नेपाल र इराक बिचको मैत्रीपूर्ण खेल इराकले ६-२ गोल अन्तरले जितेको छ।
इराकको बासरा सहरमा खेलिएको खेलमा शुरुवाती १० मिनेटमा नै दुई गोल भएको थियो। ६औं मिनेटमा इराकका कप्तान अला अब्दुल जाहराले फ्रिकिकमार्फत गोल गरेका थिए। नेपालका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले बल ‘जज’ गर्न नसक्दा गोल हुन पुगेको थियो।
खेलको १ मिनेट पनि नबित्दै नेपाल खेलमा फर्कियो। अन्जन विष्टले प्रहार गरेको शट इराकी डिफेन्डरको खुट्टामा लागेर गोल हुँदा खेल ११ को बराबरीमा पुगेको थियो । त्यसपछि खेलमा अप्रत्याशित नजारा देखियो। नेपालका लागि मनिष डाँगीले डेब्युमा उत्कृष्ट गोल गरे। मनिषले खेलको २९औं मिनेटमा डि बक्स बाहिरबाट सुन्दर गोल गर्दा खेल २-१ ले नेपालको अग्रतामा गएको थियो।
खेलको दुई मिनेटमा दुई गोल गर्दा इराकले पुनः अग्रता लियो। खेलको ३८औं मिनेटमा इराकले पाएको कर्नरमा डिफेन्डर मोहम्मद अब्दुल जाहाराले गोल गर्दै खेललाई २२ को बराबरीमा ल्याए। त्यसपछि खेलको ४० औं मिनेटमा स्ट्राइकर आइमेन् होसेन्ले गोल गर्दै इराकलाई खेलमा अग्रता दिलाएका थिए । पहिलो हाफको ४५ औं मिनेटमा इराकका स्ट्राइकर आइमेन होसेनले व्यक्तिगत दोस्रो गोल गर्दा पहिलो हाफमा इराकले ४ गोल गर्यो।
दोस्रो हाफमा इराकको एकतर्फी खेल रह्यो। इराकले दोस्रो हाफमा नेपालविरुद्ध उत्कृष्ट फुटबलको नमुना पस्किएको छ। खेलको ६८औं मिनेटमा सब्स्टिच्युड स्ट्राइकरले गोल गर्दै इराकको अग्रतालाई तेब्बर बनाएका छन्। नेपालका लेफ्ट ब्याक सुमन अर्यालको फितलो ब्याक पासमा इराकले खेलमा ५औं गोल गरेको हो।
त्यस्तै ७४औं मिनेटमा इराकले छैटौं गोल गर्यो। इराकका लागि यस पटक सजाद जसिमले गोल गरे। त्यसपछि खेलमा कुनै पनि गोल हुन नसक्दा खेल इराकले ६-२ गोल अन्तरले जितेको हो।
यो हारसँगै नेपालले इराकसँग ४ खेलमा ४ हारको नतिजा निकालेको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij