
May 03 2025 | २०८२, वैशाख २० गते
काठमाडौं । विश्वकप फुटबल छनोट अन्तर्गत भएको खेलमा ब्राजिलले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा ब्राजिलले इक्वेडरलाई २–० गोलले पराजित गरेको हो ।
उक्त खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा ६५ औं मिनेटमा ब्राजिलका एभर्टन रिचार्लिसनले गोल गरी टिमलाई अग्रता दिलाए ।
त्यसपछि अर्को गोल पीएसजीका स्टार नेयमारले गोल गरे । अर्को खेलमा ब्राजिलले पराग्वेसँग भीड्नेछ । खेल मंगलबार हुनेछ । यससँगै ब्राजिलले पाँच खेलबाट १५ अङ्कसहित अङ्कतालिकाको शीर्ष स्थानमा पुगेको छ । दोस्रो स्थानको आर्जेन्टिनाको ११ अङ्क रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij