Logo

May 09 2025 | २०८२, वैशाख २६ गते

May 09 2025 | २०८२, वैशाख २६ गते

नेपाली बजारमा बंगलादेशको नम्बर १ ब्राण्डको सिम्फोनी मोबाइल

नेपाली बजारमा बंगलादेशको नम्बर १ ब्राण्डको सिम्फोनी मोबाइल

  • सिम्फोनी आधुनिक र युवा मैत्री डिजाइनका साथै अहिलेको अवस्थामा अनलाइन कक्षाका लागि उपयुक्त विशेषताहरु सहितका रहेको बताईन्छ । 

    images
    images
    images

    काठमाडौं । बंगलादेशको चर्चित मोबाइल फोन ब्राण्ड सिम्फोनी नेपाली बजारमा भित्रिएको छ । बंगलादेशमा नम्बर १ ब्राण्डको रुपमा रहेको सिम्फोनीका मोबाइल फोनहरु हालै सिम्फोटेक प्रालिले नेपाली बजारमा ल्याएको हो । सिम्फोनी ब्राण्डका छ स्मार्टफोन मोडलहरु कम्पनीले पहिलो चरणमा उपलब्ध गराएको छ । कम्पनीले सिम्फोनी Z-18, Z-28, Z-32, Z-30Pro र Z-40 स्मार्टफोन सार्वजनिक गरिएको छ ।

    कम्पनीले नेपालमा भित्र्याएको सिम्फोनी ब्राण्डका फोनहरु अन्तर्राष्ट्रिय गुणस्तर र नविनतम प्रविधि, आधुनिक र युवा मैत्री डिजाइनका साथै अहिलेको अवस्थामा अनलाइन कक्षाका लागि उपयुक्त विशेषताहरु सहितका रहेको बताईन्छ । 

    यी फोनहरु बजेट मूल्यमा अनलाइन कक्षाको लागी उत्कृष्ट फिचर र आकर्षक डिजाइनसहित आएका छन् । जसमा फोटोग्राफीको लागि ड्यूल र ट्रिपल क्यामरा सेटअप रहेको छ । कम्पनीका सेल्स म्यानेजररमार्केटिंग म्यानेजरद्धय राजेश चालिसे तथा गोबिन्द बस्यालले नेपाली बजारमा सिम्फोनी ब्राण्डका उत्कृष्ट मोबाइल फोनहरु ग्राहकहरुलाई सूपथ मूल्यमा उपलब्ध गराईने बताए ।

    हाल सार्वजनिक गरिएको सिम्फोनी Z-40(4/64) र Z-30pro(4/64) को बजार मूल्य रु. 16,499/–, सिम्फोनी Z-32(3/32) र Z-28(3/32) को बजार मूल्य रु. 13,499/– र 12,999 /–सिम्फोनी Z-18(2/32) को बजार मूल्य रु. 11,799/- तोकिएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij