Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

भानु नगरपालिकाले २८ विद्यालयमा निःशुल्क सेनेटरी प्याड वितरण

भानु नगरपालिकाले २८ विद्यालयमा निःशुल्क सेनेटरी प्याड वितरण

  • तनहुँ  ।  भानु नगरपालिकाले नगर क्षेत्रभित्रका २८ विद्यालयमा सेनेटरी प्याड वितरण गरेको छ । कक्षा ६ देखि १२ सम्म अध्ययनरत छात्रालाई लक्षित गरी नगरपालिकाले निःशुल्करुपमा सेनेटरी प्याड उपलब्ध गराएको नगरपालिकाका शिक्षा, युवा तथा खेलकूद शाखा प्रमुख ध्रुवराज पौडेलले जानकारी दिए । 

    images
    images
    images

    छात्रालाई महिनावारी भएका बेलामा पनि विद्यालयमा नियमित गराउने उद्देश्यले  विद्यालयमा सेनेटरी प्याड उपलब्ध गराएको हो । 

    योसँगै भानुका २८  मावि र आधारभूत विद्यालयमा गरी २५ हजार १३३ प्याकेट (दुई लाख एक हजार ६४ पिस) प्याड उपलब्ध गराइएको शाखा प्रमुख पौडेलले बताए । महिनावारी भएका बेला छात्रा नियमित विद्यालय नआउने समस्या रहेको छ । विद्यालयमै प्याड उपलब्ध हुने भएपछि विद्यार्थी नियमित विद्यालय आउँछन्, यसले उनीहरुको पढाइमा समेत असर पर्दैन, शाखा प्रमुख पौडेलले भने ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij