Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडैं । प्लाष्टिकजन्य फोहर व्यवस्थापनमा टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका स्थानीयवासी जुटेका छन् । उनीहरुले स्थानीयस्तरमा पाइने कच्चापदार्थ प्रयोग गरेर स्थानीय भाषामा भुकान अर्थात फोहर फाल्ने टोकरी निर्माण गरेर घरघरमा तथा सार्वजनिकस्थलमा राख्न थालेका छन् ।
फोहर तथा प्लाष्टिकजन्य फोहर व्यस्थापन गर्न भुकान अर्थात फोहर हाल्ने डस्बिनलाई स्थानीयस्तरमा पाइने बाँस, निगालो, मालिङ्गोलगायत प्रयोग गरेर निर्माण गर्दै आएको १८ वर्ष पुगेको अवसरमा वातावरण सचेतना कार्यक्रम गरिएको छ ।
प्लाष्टिकजन्य वस्तुलाई जथाभावी फाल्दा वातावरणमा प्रदूषण हुने साथै फोहर राख्नका लागि पनि धातु तथा प्लाष्टिकबाट बनेका भुकान अर्थात फोहर फाल्ने टोकरी बजारबाट किनेर प्रयोग गर्ने प्रचलन रहेकाले स्थानीय स्रोत साधनबाट बनेका सामग्रीको प्रवद्र्धन गर्न आवश्यक रहेको स्थानीय समाजसेवी तथा सङ्गम जडीबुटी उद्योगका सञ्चालक सङ्गम राईले बताउनुभयो ।
राईले भुकानको विस्तार गर्दै वातावरणीय क्षेत्रको सरसफाइमा जुट्दै आएको सिक्की सङ्घ नेपाललाई सङ्गम जडीबुटी उद्योगका तर्फबाट रु दश हजारसमेत सहयोग गर्नुभयो । सिक्की सङ्घ नेपालका अध्यक्ष नीरकुमार राईले आफूले सङ्घको स्थापना गरेर वातावरणको विकासमा जुटेको बताउनुभयो । उहाँ आफैले बनाएर सङ्घका लागि २१८ वटा भुकान वितरण गरेको जानकारी दिनुभयो । वडाध्यक्ष नरबहादुर राईले सिक्की सङ्घले गरिरहेको काममा वडा कार्यालयले पनि सहाकार्य गरेर वातावरणीय सरसफाइमा जुट्ने बताउनुभयो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij