
Jul 20 2025 | २०८२, साउन ४ गते
काठमाडौं । राजधानी न्युज पब्लिकेशनद्वारा प्रकाशित राजधानी राष्ट्रिय दैनिकको सम्पादकमा डिल्ली आचार्य नियुक्त भएका छन् । सम्पादक सरोज मिश्रले राजीनामा दिएपछि प्रकाशनगृहले ४ साउनदेखि लागू हुने गरी आचार्यलाई सम्पादकमा नियुक्त गरेको हो । आचार्यले राजधानी दैनिकको सम्पादन समूहको नेतृत्व गरेको यो दोस्रो पटक हो ।
राजधानी दैनिकमा यसअघि १४ वर्षसम्म आबद्ध आचार्य साढे ५ वर्षपछि पुनः राजधानीमा जोडिएका छन् । आचार्यले राजधानी दैनिकपछि शिलापत्र डटकम, पालिकाखबर डटकम, द नेपाल टप दैनिक र वडापालिका डटकमको नेतृत्व सम्हालिसकको छन् ।
पब्लिकेशनका अध्यक्ष सचिन शेरचन र प्रवन्ध निर्देशक आशिष शेरचनले आज आइतबार आयोजित कार्यक्रममा मिश्रलाई बिदाइ र आचार्यलाई स्वागत गरेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij