
Sep 04 2025 | २०८२, भदौ १९ गते
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् मातहत रहेका खेल पूर्वाधार उपयोग तथा संचालन सम्बन्धि कार्यविधि बनाउन गठन गरिएको कार्यदलले प्रतिवेदन बुझाएको छ ।
बुधबार कार्यदलले सदस्य सचिब टंकलाल घिसिङलाई प्रतिवेदन बुझाएको हो । प्रतिवेदन बुझ्दै सदस्य सचिव घिसिङले कार्यदले दिएको सुझाव अत्यान्त उपयोगी रहेका भन्दै परिषद्को बोर्ड बैठकले पास गरे पछि कार्यान्वयनमा आउने जानकारी दिए ।
खेलकुद पूर्वाधारहरूको संरक्षण र प्रभावकारी उपयोग गर्ने सम्बन्धमा खेलाडीमैत्री,सर्वसुलभ र व्यवस्थित ढङ्गले प्रयोगमा ल्याउने व्यवस्था गर्न सुझाब सहित प्रतिवेदन तयार गरिएको कार्यदल संयोजक राखेप कार्यकारी समित सदस्य सुवर्ण श्रेष्ठले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij