Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नेपाली पुरुष क्रिकेट टोली एसियन गेम्समा छनोट भएको छ।
आज भएको समूह चरणको खेलमा मलेसियाले चीनलाई हराएसँगै नेपाल र मलेसिया दुवैले प्रतियोगितामा स्थान बनाएका हुन्।
दूई समूहमा विभाजन गरिएको क्वालिफायरमा नेपाल, मलेसिया चीन र कतार थिए। कतार प्रतियोगितामा सहभागि नहुँदा नेपाल र मेलेसिया एक खेल अगावै छनोट भएका हुन्।
अब नेपाल र मलेसियाबीचको खेलपछि समूह विजेताको टुंगो लाग्नेछ। २० औं संस्करणको एसियन गेम्स सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म जापानमा सञ्चालन हुनेछ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij