
Sep 04 2025 | २०८२, भदौ १९ गते
काठमाडौँ । नेपाल टेलिकमको अवरुद्ध रहेको कलर रिङ ब्याक टोन (सिआरबिटी) सेवा सुचारु भएको छ ।
टेलिकमले मंगलबार प्राविधिक समस्या उत्पन्न हुन गई सेवा अवरुद्ध भएको कारणले अर्को सूचना जारी नभएसम्मका लागि उक्त सेवा बन्द रहेको जानकारी गराएको थियो ।
हाल समस्या समाधान भएर सेवा सुचारु भएको टेलिकमले जानकारी दिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij