Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

तातोपानी भन्सारबाट भित्रिने कन्टेनरको संख्या बढ्न थाल्यो, ८ करोड राजस्व संकलन

तातोपानी भन्सारबाट भित्रिने कन्टेनरको संख्या बढ्न थाल्यो, ८ करोड राजस्व संकलन

  • काठमाडौं। उत्तरी नाका तातोपानी  भन्सार कार्यालयबाट करिब १० महिनापछि दैनिक १६ कन्टेनर सामान भित्रिन थालेको छ। 

    onlinepatrika
    Arghakhachi

    तातोपानी भन्सारबाट पुष महिना सुरु भएपछि दैनिक रुपमा भित्रिने कन्टेनरको संख्या बढ्न थालेको तातोपानी भन्सार कार्यालयका भन्सार प्रमुख लालबहादुर खत्रिले बताए।

    AGNI GROUP

    हाल दैनिक नेपाली कन्टेनर १२ देखि १६ वटासम्म आउन थालेको छ। यस पहिले भन्सारबाट दैनिक ५ देखि ८ वटासम्म कन्टेनर आइरहेको थियो। 
    भन्सारबाट मंसिर  १० देखि हालसम्म १३५ टेलर र १७० वटा कन्टेनर भित्रिसकेको  छ। कन्टेनरको संङख्या बढ्दै गए अबको एक महिनाभित्र नाकामा रोकिएको सबै सामान तातोपानी भन्सारमा आइपुग्ने खत्रीले बताए। ‘चिनियाँ लोसार सुरु हुने भएकोले नाका बन्द हुन सक्छ। हामीले सकेसम्म बाँकी रहेको केही कन्टेनर लोसार अघि नै ल्याउन खोजेका छौं, उनले भने। 

    तातोपानी भन्सार कार्यालयमा मंसिर महिनामा भन्सार राजश्व ८ करोड रुपैयाँ उठेको छ। कात्तिकसम्म थोरै कन्टेनर आउँदा २ देखि ४ करोड रुपैयाँसम्म संकलन हुने गरेको थियो। 

    कोभिडअघि महिनाको १६ देखि २५ करोड रुपैयाँसम्म राजश्व संकलन हुने गरेको भन्सारले जनाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट