Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

जनताका घरघरमा पुग्ने काँग्रेसको अभियान

जनताका घरघरमा पुग्ने काँग्रेसको अभियान

  • ललितपुर/ नेपाली कांग्रेस आगामी स्थानीय तह निर्वाचनको तयारीमा जुटेको छ । ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि कांग्रेस तयारीमा जुटेको हो । एमसीसी र पार्टीबारे फैलाइएका भ्रम चिर्न केन्द्रीय सदस्यलाई जिल्लामा खटाउने भएको छ । 

    onlinepatrika
    Arghakhachi

    पार्टी कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसी, गठबन्धन र कांग्रेसबारे फैलाइएको भ्रम चिर्न देशभर केन्द्रीय सदस्यलाई खटाउन लागेको बताए ।

    AGNI GROUP

    उनका अनुसार शुक्रबार ७७ जिल्लामा ७७ जना केन्द्रीय सदस्य पुग्ने र आइतबारबाट काम थाल्ने छन् । ‘एमसीसी, गठबन्धन र कांग्रेसबारे फैलाइएको भ्रम चिर्न पर्सि ७७ जिल्लामा ७७ जना केन्द्रीय सदस्य जानुहुन्छ,’ उनले भने, ‘२९ फागुनबाट उहाँहरूले औपचारिक रूपमा काम गर्नुहुन्छ ।’

    अभियान एक महिनासम्म जारी रहने उनले बताए । पालिका, वडा र टोलमा संगठन गर्ने र भ्रम चिर्ने गरी काम गर्न नेताहरूलाई आग्रह गरेका उनले स्थानीय निर्वाचनका लागि छलफल गरेर चुनावी घोषणापत्र बनाउन पनि बताए । 

    सत्तारुढ गठबन्धन स्थानीय तहको निर्वाचनसम्म रहने बताएका प्रवक्ता डा. महतले तर के कसरी जाने भन्नेमा टुंगोमा पुग्न बाँकी रहेको जानकारी दिए ।

    ‘घरघरमा जाऔँ, कांग्रेस जिताऔँ’ अभियानका साथ कांग्रेस नेताहरू चुनावी तयारीमा जुट्न लागेका हुन् । सरकारले ३० वैशाखमा स्थानीय तहको निर्वाचनको मिति तोकेको छ ।

    प्रचार प्रसारमा काँग्रेसको ध्यान

    चुनावमा काँग्रेसले प्रचार प्रसारलाई विशेष ध्यान दिने भएको छ। सामाजिक सञ्जालमा हुने प्रचारप्रसार महत्वपूर्ण हुने भन्दै यसको भरपुग उपयोग हुने प्रवक्ता महतले बताए। ‘सामाजिक सञ्जालमा प्रचारप्रचार महत्वपूर्ण छ। यसलाई चुस्त दुरुस्त बनाउने काम हुन्छ’, चुनाव अगाडि हामी यसलाई भरपुग उपयोग गर्छौँ।’
    प्रवक्ता महतले विपक्षीको भ्रामक प्रचार चिर्ने काम अब काँग्रेसले गर्ने दाबी गरे। चुनावी प्रचार र पार्टीको कामलाई जनतासमक्ष पुर्याउन विभिन्न संगठनको प्रयोग गर्ने निर्णयसमेत काँग्रेसले गरेको छ। सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेपछि सत्ताको नेतृत्वकर्ता काँग्रेसले एक महिने चुनावी कार्यक्रम सार्वजनिक गरेको हो। गठबन्धनको विषयको टुंगो अहिले भइनसकेको काँग्रेसले प्रष्ट पारेको छ। पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री विश्वप्रकाश शर्माले यो अभियानमा काँग्रेसले जनताका कुरा सुन्ने उल्लेख गरे।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij