Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पहिलो जोड आफ्नै तागतले निर्वाचन जित्ने गरी जानुपर्छ :  ‘प्रचण्ड’ 

पहिलो जोड आफ्नै तागतले निर्वाचन जित्ने गरी जानुपर्छ :  ‘प्रचण्ड’ 


  • ललितपुर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नै तागतले निर्वाचन जित्ने बताएका छन् । पार्टीको प्रशिक्षण कार्यक्रमका लागि धनगढी आइपुगेका ‘प्रचण्ड’ले निर्वाचनका लागि आफ्नै तागत आवश्यक रहेको बताएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    आज धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले भने, ‘‘पहिलो जोड आफ्नै तागतले निर्वाचन जित्ने गरी जानुपर्छ भन्ने हो, तालमेलको सम्भावना भयो भने गठबन्धनका दलहरूसँगको तालमेललाई नै प्राथमिकता दिएर जाने सोच छ ।’ 

    AGNI GROUP

    ‘प्रचण्ड’ले, गठबन्धन दल बीचको तालमेललाई प्राथमिकता दिएर आगामी निर्वाचनमा जाने पार्टीको सोच रहेको बताएका छन् । प्रधानमन्त्रीले गठबन्धनलाई असर पार्ने कुरा नबोल्न भनेर केही दिनअघि आफ्नै दलका नेतालाई निर्देशन गरेका स्मरण गराउँदै अध्यक्ष दाहालले गठबन्धन दलका शीर्ष नेतृत्व गठबन्धनलाई अगाडि लिएर जाने कुरामा द्विविधामा नहरेको बताए ।

    यस्तै, अध्यक्ष दाहालले सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेसलाई पनि सहभागी गराउने विषयमा छलफल भएको पनि बताए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij