Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

भीम रावलको दिमाग खुस्किएको त थिएन: प्रधानमन्त्री देउवा

भीम रावलको दिमाग खुस्किएको त थिएन: प्रधानमन्त्री देउवा

  • नुवाकोट/  प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले नेता डा. भीम रावलप्रति आक्रोश व्यक्त गरेका छन् । नेता डा. रावलले आफै मन्त्री परिषदमा हुँदा एमसीसीको बिरोध गर्न नसकेको र अहिले महौल तताउनका लागि मात्रै एमसीसीको विरोध गरेको प्रति लक्षित गर्दै देउवा आक्रोशित भएका हुन् । आफै मन्त्रीपरिषदमा हुँदा बिरोध गर्न नसकेको र अहिले स्टन्डका लागि मात्रै बिरोध गरेको भन्दै प्रधानमन्त्री देउवाले डा. भीम रावलको दिमाग त खुस्किएको छैन् भन्दै प्रश्न गरेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    देउवाले भने, ‘मन्त्रिपरषद्बाट आफ्नै सरकार हुँदा पास गरेर संसदमा पेस गर्दा त्यसबेला किन आलोचना गर्नुभएन । भीम रावलले के हेरेर बसे त्यसबेला ?’ नुवाकोटको किस्पाङ गाउँपालिका भवन उद्घाटन गर्न पुगेका देउवाले आक्रोशित हुँदै भने,’अहिले किन विरोध गर्दैछन ? विरोध गर्ने भए त्यसेबला मन्त्रीबाट राजीनामा दिएर बाहिर आउनुपर्ने थियो होइन र ?’
    पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा ल्याएको प्रस्तावलाई आफूले पारित गरेको बताउँदै देउवाले भने, ‘मैले एमसीसी पास गर्दा भीमबहादुर रावललाई किन टाउको दुख्ने ?’

    AGNI GROUP

    रावल मन्त्री हुँदा एसमसीसीको प्रक्रिया अघि बढिरहेको सुनाउँदै देउवाले विरोध गर्ने भए उनी राजीनामा दिएर बाहिर आउनुपर्ने तत्कालीन समय सम्झाए । ‘एमसीसीको सबैभन्दा बढी खिलाफमा भीम रावल हुनुहुन्छ । त्यसबेला भीम रावलको दिमाग खुस्किएको थियो रु अहिले बोल्न लाज छैन ?’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij