Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । स्थानीय तहका जनप्रतिनिधिले राजीनामा दिएपछि मात्रै आगामी स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न पाउने भएका छन् । बिहीबार राजपत्रमा प्रकाशित निर्वाचन आचारसंहिता–२०७८ मा निर्वाचन आयाेगले उक्त व्यवस्था गरेको हो ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उम्मेदावरले आफ्नो मनोनदय दर्ता गर्दा पदबाट राजीनामा दिइसकेको हुनुपर्ने व्यवस्था आचारसंहिता बनाइएकाे बताए ।
निर्वाचन आचारसंहिताको दफा ३६ मा भनिएको छ, ‘कुनै स्थानीय तह वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा स्थानीय तहबाट अनुदानप्राप्त संस्थानमा सुविधा वा पारिश्रमिक पाउने गरी बहाल रहेको निर्वाचित वा मनोनीत पदाधिकारीले स्थानीय तहको निवार्चनमा उम्मेदवारको मनोनयन गर्नुअघि नै बहाल रहेको पदबाट राजीनामा दिनुपर्नेछ ।’
उम्मेदवारको सवालमा विशेष व्यवस्था गरिएको आयोगले जनाएको छ । जसअनुसार कुनै पनि उम्मेदवारले सार्वजनिक वा सरकारी निकायबाट पेश्की लिएको भए तिरिसक्नुपर्ने व्यवस्था गरिएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij