Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पेट्रोल र डिजलबाट मुक्त हुनुपर्ने बताएका छन् । शनिबार दोलखामा माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाअन्तर्गत नयाँ खिम्ती सबस्टेशनको उद्घाटन कार्यक्रममा बोल्दै उनले ‘पेट्रोल र डिजलबाट मुक्तभई बिजुलीबाट नै काम गर्नुर्ने बताएका हुन् ।
प्रधानमन्त्री देउवाले अझै पनि झोलामा खोला राखेको र काम नभएको भन्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने बताए । ‘जैविक इन्धनबाट विद्युत् निकाल्ने काम बन्द हुने भएकाले जलाशययुक्त आयोजना महत्वपूर्ण छ भन्ने बुझाउन जरुरी रहेको बताउँदै’, प्रधानमन्त्री देउवाले भने, ‘पेट्रोल र डिजलबाट हामी मुक्त हुनुपर्छ । बिजुलीबाट नै काम गर्नुपर्छ ।’
यस्तै उनले बहुउद्देश्यीय प्रकृतिका ठूला जलाशययुक्त आयोजनालाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाउन सरकार लागिपर्ने जानकारी पनि गराउँदै लामो समयदेखि प्रक्रियामा रहेका तर अगाडि बढ्न नसकेका ठूला जलाशयुक्त आयोजना बूढीगण्डकी र पश्चिम सेती जलाशयुक्त आयोजनाको काम अगाडि बढाउने जानकारी गराए ।
। साथै, उनले स्वच्छ र हरित ऊर्जाका लागि पनि ठूला र जलाशयुक्त आयोजना जरुरी रहेको र त्यसका लागि सरकारले गृहकार्य गरिरहेको बताउँदै सुक्खायाममा जलाशयुक्त आयोजनाको भूमिका महत्वपूर्ण रहने र आर्थिक रुपमा पनि देशलाई फाइदा पुग्ने उल्लेख गरे ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij