Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कोरियाले थप चार हजार कामदार लैजाने 

कोरियाले थप चार हजार कामदार लैजाने 

  • काठमाडौँ । नेपाली युवाहरुको लागि रोजगारीको प्रमुख गन्तव्य बनेको कोरियाले थप चार हजार कामदार लैजाने भएको छ । त्यहाँका स्थानीय निकायले कृषि तथा मत्स्यपालन क्षेत्रमा देखिएको श्रमिक अभावलाई कम गर्न नेपालबाट चार हजार मौसमी कामदार लैजान लागेको छ । कोरियाले २०२२ को जनवरीदेखि लागू हुने गरी नयाँ नियम बनाएर नेपालबाट श्रमिक लैजान लागेको हो ।

    onlinepatrika
    Arghakhachi

    नेपालबाट मौसमी कामदार लैजाने विषयमा सहजीकरण गर्दे आएको नेपाल कल्चर सेन्टर कोरियाले त्यहाँको कानुन तथा न्याय मन्त्रालयले आयोजना गरेको सर्वपक्षीय बैठकमा सहभागी भई नेपालको बारेमा जानकारी गराएको छ । कोरियाले यो वर्ष नेपालसहित थाइल्याण्ड, कम्बोडिया, भियतनामबाट यस्ता कामदार लैजाने भएको जनाएको छ ।

    AGNI GROUP

    नेपाल कल्चर सेन्टर कोरियका निर्देशक ह्याङ्क्युले कोरियास्थित कानुन तथा मन्त्रालयले सन् २०२१ डिसेम्बर १४ गते प्रकाशित गरेको सूचनाअनुसार कोरियामा कृषि तथा माछा पालन क्षेत्रमा खेप्दै आएको कामदार अभावलाई कम गर्न मौसमी प्रणालीमा आधारित मौसमी कामदार माग गर्न यो वर्षको जनवरीदेखि नयाँ नियम लागू गरेको बताए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij