Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ओली : धेसमा एमालेप्रति ‘क्रेज’ बढ्यो

ओली : धेसमा एमालेप्रति ‘क्रेज’ बढ्यो

  • काठमाडौं । अध्यक्ष केपी ओलीले तराई मधेसमा पार्टी प्रति ‘क्रेज’ बढेको बताएका  छन् । उनले भावी दिनमा मुलुकको राजनीतिक शक्ति सन्तुलनलाई नै बदल्ने दाबी गरेका छन्।आज बुधबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा छलफलका लागि पेस गरेको राजनीतिक प्रतिवेदनमा सो विषय उल्लेख गरेका छन्।

    ‘विगतमा निर्वाचन र सो भन्दा अगाडिदेखि नै नेकपा एमालेका विरुद्ध भ्रमपूर्ण प्रचार गरिएको, घृणा फैलाइएको, प्रवेश निषेध गरिएको र यसै कारणले गर्दा निर्वाचनमा अपेक्षित परिणाम हासिल हुन नसकेको मधेस प्रदेशलगायत तराई मधेसमा एमालेप्रतिको आकर्षणले आगामी राजनीतिक शक्ति सन्तुलनलाई नै बदल्ने स्पष्ट छ’ प्रतिवेदनमा भनिएको छ।

    ‘सत्ता स्वार्थ, अवसरवाद र राजनीतिक विकृतिमा चुर्लम्मै डुबेको माओवादी नेतृत्व (प्रचण्ड)प्रति मोहभंग भएर त्यसबाट अलग हुँदै एमालेमा आबद्ध हुने जुन राष्ट्रब्यापी लहर चलेको छ, यसको खास अर्थ र सन्देश छ’ प्रतिवेदनमा उल्लेख छ।

    onlinepatrika
    Arghakhachi

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij