Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रेम आले र सलमान खानबीच भर्चुअल संवाद

प्रेम आले र सलमान खानबीच भर्चुअल संवाद

  • काठमाडौं । बुधबार पर्यटनमन्त्री प्रेम आले र बलिउड अभिनेता सलमान खानबीच भर्चुअल संवाद भएको छ।मन्त्री आलेले सगरमाथा चढ्न बलिउड अभिनेता सलमान खानलाई निम्तो दिएका छन्।

    अभिनेता खान नेपालमा आउन लागेको भन्दै मन्त्री आलेले खुशी व्यक्त गरे। भिडियो कुराकानीका क्रममा मन्त्री आलेले अभिनेता खानलाई विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नका साथै नेपालको पर्यटन प्रवद्र्धन गरिदिन आग्रह गरे।

    आफूले सगरमाथा चढ्ने अभिनेता खानले बताएका छन्। अभिनेता खान नेपाल आउने कार्यक्रमलाई नेपालको पर्यटन प्रवर्द्धनका लागि कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर मन्त्री आलेले खानसँग संवाद गरेका हुन। नेपाल भ्रमणका क्रममा अन्य क्षेत्रको पनि भ्रमण गर्न मन्त्री आलेले सलमानलाई निम्तो दिएका छन्।सलमान खानसँगको भिडियो संवादपछि मन्त्री आलेले भारतबाट नेपाल आउने पर्यटकको संख्यामा बृद्धि हुने दाबी गरे। अभिनेता खान आगामी जेठ १४ गते नेपाल आउँदैछन्। 

    onlinepatrika
    Arghakhachi

     

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij