Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । देउवाले चैत १८ देखि २० गतेसम्म भारतको राजकीय भ्रमण गर्ने भएका हुन् ।
भारतीय प्रधनमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा तीनदिने भारत भ्रमणमा जान लागेका देउवाको साथमा पत्नी आर्जु राणा, परराष्ट्रमन्त्री नारायण खड्का तथा नेपाल सरकारका उच्च अधिकारीहरु सहभागी हुने परराष्ट्र मन्त्रालयले आज सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ ।
१८ गते भारत जान लागेका प्रधानमन्त्री देउवाले १९ गते भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसैदिन भारतीय प्रधनमन्त्री मोदीले प्रधानमन्त्री देउवाको सम्मानमा हैदरावाद हाउसमा दिवा भोजको आयोजना गर्नेछन् ।
प्रधानमन्त्री देउवासँग भारतीय विदेशमन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार दोभलले पनि भेट गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री देउवा स्वदेश फर्कनुअघि बनारसको भ्रमणमा जाने कार्यक्रम पनि तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
देउवाले दिल्लीमा व्यापारिक समुदायले आयोजना गरेको कार्यक्रममा दुईपक्षीय व्यपारका विषयमा पनि संबोधन गर्ने बताइएको छ । यस्तै प्रधानमन्त्री देउवाले भारतीय उपराष्ट्रपति एम बेकैया नायडुसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij