Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

लुम्बिनीका मुख्यमन्त्रीको राजीनामा माग

लुम्बिनीका मुख्यमन्त्रीको राजीनामा माग


  • काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको राजीनामा मागरिएको छ । 

    onlinepatrika
    Arghakhachi

    लुम्बिनी प्रादेशिक अस्पतालको भवनको ठेक्कामा मिलेमतो गरेको भन्दै नेकपा एमालेले संसदीय दलले मुख्यमन्त्री केसीको राजीनामा मागेको हो । पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराज घिमिरेले राजीनामा दिएका छन् । तर ठेक्का प्रक्रिया रद्द र कार्यकारी अधिकृतको राजीनामाले सरकारको कुनियत हट्न नसक्ने एमालेको ठहर छ । 

    AGNI GROUP

    १२ सय शय्याको १० तले अस्पताल भवन बनाउन करिव डेढ अर्ब घोटाला गर्ने गरी स्पेसिसिकेसन बनाएर ठेक्का लगाइएको सार्वजनिक खरिद अनुगमन कार्यालयले उक्त ठेक्का प्रक्रियामा त्रुटि भेट्टाएपछि १४ चैतमा ठेक्का रद्द गरिएको थियो ।  

    बुधबार आयोजित पत्रकार संसदीय दलका उपनेता बैजनाथ चौधरीले ठेक्का प्रक्रियामा सेटिङ भएको बताउँदै प्रदेश पूर्वाधार विकास समितिको अध्यक्षको हैसियतले यस सेटिङमा मुख्य जिम्मेवार कुलप्रसाद केसी रहेका पनि बताए ।

    अस्पतालको भवन निर्माणका लागि निर्माण कम्पनी छनोट गर्दा मापदण्ड तयार गर्नेवेलादेखि नै सेटिङ रहेको प्रष्ट भएकोले मुख्यमन्त्री पदमा बसिरहन नैतिकरुपले नमिल्ने भएकाले तत्काल पदबाट राजीनामा दिनुपर्ने एमालेले जनाएको छ ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij