Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनको बैठक बोलाएका छन् । आगामी ३० बैशाखमा हुने स्थानीय तह निर्वाचनका सन्दर्भमा छलफल गर्न देउवाले सत्तागठबन्धनको बैठक बोलाएको हो ।
सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बिहान ११ः३० बजे बोलाइएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका शीर्ष नेतालाई छलफलका लागि बोलाएका हुन्।
प्रधानमन्त्री देउवाले कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेतासँग स्थानीय तहको निर्वाचनबारे छलफल गर्न लागेका हुन् । स्थानीय तह निर्वाचनको तयारी र देखापरेका चुनौतीका विषयमा छलफल हुने बताइएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij