Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

गठबन्धनसँग देश बनाउने कुनै भिजन छैनः महासचिव पोखरेल

गठबन्धनसँग देश बनाउने कुनै भिजन छैनः महासचिव पोखरेल

  • काठमाडौँ । एमालेका महासचिव शंकर पोखरेलले गठबन्धन दलसँग देश बनाउने भिजन नभएको बताएका छन् । 

    onlinepatrika
    Arghakhachi

    सोमबार बिहान आफ्नो आधिकारिक फेसबुकमार्फत महासचिव पोखरेलले भनेका छन्, ‘पाँचदलीय गठबन्धनसँग न कुनै देश बनाउने भिजन छ, न त कुनै गन्तव्य नै ।’

    AGNI GROUP

    यसका साथै उनले नेपालको गुमेको भू–भाग समेटेर नयाँ नक्सा प्रकाशित गरेको, भूकम्पले थिलथिलो बनाएको देशको अवस्थालाई एमालेको सरकारले उठाएको दाबी पनि गरेका छन्।

    ‘नेकपा एमालेले भूकम्पले थिलोथिलो भएको देशलाई उठायो। जनताका मुर्झाएका सपनालाई जगायो। विकास र समृद्धिको यात्रामा सिंगो देशलाई अघि बढायो। स्वाधीनता र स्वाभिमानको नयाँ यात्राको थालनी गर्दै गुमेको भू(भाग समेटेर नयाँ नक्सा प्रकाशित गर्‍यो तर मुद्दा मामिला गरी परमादेशबाट आएको गठबन्धन सरकारले देशको अर्थतन्त्रलाई उठाउनै कठिन हुने गरी थला बसायो।’, उनले भनेका छन्।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij