Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

राष्ट्रिय जनमोर्चाको चुनावी घोषणापत्र सार्वजनिक 

राष्ट्रिय जनमोर्चाको चुनावी घोषणापत्र सार्वजनिक 


  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाले स्थानीय तह निर्वाचन–२०७९ को घोषणापत्र सार्वजनिक गरेको छ ।  

    onlinepatrika
    Arghakhachi

    ‘गणतन्त्र तथा राष्ट्रियताको रक्षा गरौँ, सङ्घीयता खारेज गरौँ’, भन्ने मूल नारासहित आज बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी जनमोर्चाले स्थानीय तह निर्वाचन–२०७९ को घोषणापत्र सार्वजनिक गरेको हो ।

    AGNI GROUP

    विकेन्द्रीकृत र सन्तुलित विकास नीतिसहित २८ बुँदे घोषणापत्र सार्वजनिक गर्दै अध्यक्ष चित्रबहादुर केसीले स्थानीय तहलाई बलियो बनाउन आफ्नो शक्ति केन्द्रित हुने बताए । चुनावमा अन्य दलसँग एकता गरेर गए पनि आफ्नो चुनावी एजेन्डालाई आफ्ना उम्मेदवारले कार्यान्वयनमा लैजाने उनले बताए ।


    घोषणापत्रमा स्थानीय तहमा रहेको बेरुजु न्यूनीकरण गर्दै स्वशासनमा जोड दिने तथा भ्रष्टाचारको रोकथाम गर्ने, गाउँको विकासका लागि छुट्टै ग्रामीण विकास मन्त्रालयको गठन गर्ने, इन्धन आपूर्तिको वैकल्पिक व्यवस्था गर्ने, स्वदेशी उत्पादनलाई संरक्षण गरी विदेशी आयातमाथि नियन्त्रण गर्ने, दक्ष जनशक्ति निर्माण गरी बेरोजगारी अन्त्य गर्न योजना तर्जुमा गर्ने,

    यस्तै घोषणा पत्रमा स्रोत संरक्षण तथा प्रवद्र्धनमा जोड दिने एवं कृषि एवं कृषिजन्य उद्योगको विकासका लागि प्रयत्न गर्ने, शिक्षा र स्वास्थ्यमा आम सर्वसाधारणको पहुँच पु¥याउन सामाजिक विकासमा अधिकतम बजेट विनियोजन गर्ने एवं बीचमा पढाइ छाड्ने विद्यार्थीका लागि विशेष योजना बनाएर लागू गर्ने, यातायात र ढुवानीका लागि रेल तथा सडक सञ्जालको निर्माण र विकासमा जोड दिने र ग्रामीण क्षेत्रमा उद्योगधन्दाको विकास गर्ने, 

    यसैगरी सबैको समान विकासका लागि पिछडिएका समुदाय र दुर्गम क्षेत्रको विकास गर्ने, पर्यटन विकासका लागि ग्रामीण पर्यटनको विकासमा जोड दिने एवं पर्यावरण  र पुरातात्विक क्षेत्रको संरक्षण गर्न विशेष योजना बनाउने, प्रदूषण नियन्त्रण, स्रोत साधनको न्यायपूर्ण वितरण, सामाजिक सुरक्षा, पुनःस्थापना लगायतलाई घोषणापत्रमा समेटिएको छ ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij