Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । साझा यातायातका विद्युतीय बस नेपाल भित्रिएका छन्। चीनबाट तातोपानी नाका हुँदै बस काठमाडौँ आउँदैछ। साझाले ४० वटा विद्युतीय बस ल्याउने भनेकोमा अहिले ३ वटा आएको छ।
तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमका अनुसार तीन वटा बस बुधबार आएका छन्।
बाटो असजिलो भएकोले तातोपानी भन्सारबाट बसलाई लोडरमा राखेर काठमाडौं पठाइने उनले बताएका छन्। बसहरू भन्सार पास गरेर काठमाडौँ ल्याउन लागिएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij