Jun 18 2026 | २०८३, असार ४ गते
काठमाडौं । चितुवाको छाला र खप्परसहित चारजना प्रकाउ परेका छन् । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–७ गल्फुटारबाट चारजनालाई दुई थान चितुवाको छाला र एक थान चितुवाको खप्परसहित प्रहरीले पक्राउ गरेको हो ।
गोप्य सूचनाको आधारमा प्रहरी प्रभाग ढानि ढानिलकण्ठबाट खटिएको प्रहरी टोलीले गेष्ट हाउसबाट चारजनालाई नियन्त्रणमा लिएको हो ।उनीहरूको साथबाट प्रहरीले दुई थान चितुवाको छाला, छाला बिनाको चितुवाको टाउँकोको खप्पर एक थान, चार थान मोबाईल फोनसमेत बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
पक्राउ पर्नेमा गुल्मीको चन्द्रकोट गाउँपालिका-७ घर भई झापा बस्ने ३५ वर्षीय विष्णु सुनार, ओखलढुंगाको खिजिघोम्बा गाउँपालिका-९ घर भई हाल भक्तपुरको चागुनारायण नगरपालिका-५ बस्ने २९ वर्षी फुरी शेर्पा, धादिङ गजुरी गाउँपालिका-५ घर भई हाल भक्तपुर चागुनारायण-५ मै बस्ने २४ वर्षीय विनोद श्रेष्ठ र सिन्धुली कमलामाई नगरपालिका-४ हिरापानी घर भई हाल ललितपुर पाटन बस्ने ३० वर्षीय विकास पुर्कुटी रहेका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij