Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको गोदावरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खेमराज ष्टिसहित ७ जना विरुद्ध भ्रष्टाकचार मुद्दा दायर गरेको छ ।
गैरकानूनी लाभ तथा हानिनोक्सानी गरी भ्रष्टाचार गरेको ठकर गर्दै अख्तियारले आज विशेष अदालत काठमाडौंमा उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
गोदावरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत देवराज जोशी, तत्कालिन इन्जिनियर पुर्ण कुँवर, तत्कालीन सब-इन्जिनियर ज्ञानेन्द्र बुढा, तत्कालिन सब-इन्जिनियर नरेन्द्र शाही, प्राविधिक पूर्वाधार कार्यालमा कार्यरत ल्याब टेक्निसियन धन बहादुर विष्ट र निर्माण व्यवसायी गणेश विष्ट रहेका छन् ।
गोदावरी नगरपालिकामा बिभिन्न निर्माण १३ वटा सडक ठेक्काहरुमा भुक्तान भएको परिमाणको स्थलगत निरीक्षण गरी पेश गरिएको प्रतिवेदन सम्बन्धमा अनुसन्धान हुँदा उनीहरुले भ्रष्टाचार गरेको पाइएको अख्तियारले बिहीबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले ३१ लाख ३७ हजार ८५३ रुपैयाँ, तत्कालिन प्रमुख प्रशासकीय अधिकृत देवराज जोशीले २५ लाख ५२ हजार ८८६ रुपैयाँ, तत्कालीन इन्जिनियर पूर्ण कुँवरले ५६ लाख ९० हजार ७४० रुपैयाँ, तत्कालीन सब-इन्जिनियर ज्ञानेन्द्र बुढाले ४३ लाख १७ हजार ६६६ रुपैयाँ, तत्कालिन सब-इन्जिनियर नरेन्द्र शाहीले १२ लाख २४ हजार ४९५ रुपैयाँ, ल्याब टेक्निसियन धन बहादुर विष्टले ५३ लाख ५१ हजार २३४ रुपैयाँ र निर्माण व्यवसायी गणेश विष्टले ५६ लाख ९० हजार ७४० रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij