Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

संगठन भित्र गैरव्यावसायिक आचरण र व्यवहार सह्य हुँदैनः धिरज प्रताप सिंह

संगठन भित्र गैरव्यावसायिक आचरण र व्यवहार सह्य हुँदैनः धिरज प्रताप सिंह

  • काठमाडौं।नवनियुक्त प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रहरी संगठनका असल अभ्यासहरूलाई निरन्तरता दिँदै समय अनुकूल पद्धति र प्रविधि उन्मुख नवीन परम्पराको थालनी गर्ने बताएका छन् । 

    onlinepatrika
    Arghakhachi

    नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित विशेष समारोहबीच प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन दिँदै उनले संगठनको श्रीवृद्धिमा जोड दिने बताए ।

    AGNI GROUP

    आसन्न स्थानीय तहको निर्वाचन अहिले राष्ट्रिय प्राथमिकताको विषय भएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक सिंहले निर्वाचनलाई निष्पक्ष, भयरहित एवम् सुरक्षित तवरबाट सम्पन्न गर्न उच्च सतर्कता, संवेदनशीलता र महत्वका साथ सफलतापूर्वक सम्पादन गर्न उपस्थित प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन दिएका थिए । 

    व्यक्तिगत स्वार्थ त्यागी निर्भिकताका साथ आ-आफ्नो व्यावसायिक धर्म निर्वाह गर्न समेत उनले सम्पूर्ण अधिकृत तथा जवानहरूलाई निर्देशन दिएका थिए । गैर व्यावसायिक आचरण र व्यवहार किञ्चित सह्य र क्षम्य नहुने उनले बताए । 

    ‘कानून सम्मत जिम्मेवारी बहन गर्ने सिलसिलामा कुनै अधिकृत तथा जवानहरूबाट अकर्मण्यता, लापरवाही र उदासीनता हुनेछैन,’ प्रहरी महानिरीक्षक सिंहले भने । 

    भष्ट्राचारमा शून्य सहनशीलता अवलम्बन गर्नुका साथै चोरी निकासी गर्ने, प्राकृतिक स्रोतको दोहन गर्ने तथा अन्य आपराधिक कार्यमा संलग्न हुने तत्वहरूसँगको साठगाँठ एवम् अवाञ्छित क्रियाकलापमा संलग्न रहने, प्रश्रय दिने तत्वहरुको पहिचान गरी कारवाही गर्ने सवालमा आफू कठोररूपमा प्रस्तुत हुने जनाए । 

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij